राजनीति


अमेरिकाले लगायो म्यान्मारका सैन्य प्रमुखको परिवारैलाई प्रतिबन्ध

अमेरिकाले लगायो म्यान्मारका सैन्य प्रमुखको परिवारैलाई प्रतिबन्ध

नेपालखबर
माघ २९, २०७७ बिहिबार ०:५,

अमेरिकाका राष्ट्रपति जो बाइडेनले म्यान्मारका सैन्य नेतृत्वकर्ताको परिवारैलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।

त्यहाँका सैनिक प्रमुख जर्नेल मिन आङ लाङलाई कब्जा सत्ता फिर्ता गर्न आह्वान गरेका बाइडेनले उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका हुन्।

बीबीसीका अनुसार बाइडेनले भनेका छन्, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जसले सैन्य कु गर्ने सैनिक प्रमुखलाई तुरुन्त प्रतिबन्ध लागू गर्नेछ। उनका व्यापारिक कारोबार तथा परिवारका सदस्यलाई समेत प्रतिबन्ध लाग्नेछ।’

राष्ट्रपति बाइडेनका अनुसार यही हप्ता अमेरिकाले त्यस्ता व्यक्ति पहिचान गरी प्रतिबन्ध लगाउनेछ।

बाइडेनले म्यान्मारविरुद्ध निर्यातमा पनि कडा नियन्त्रण लागू गरिने र आवश्यक परेका खण्डमा अन्य थप प्रतिबन्ध पनि लगाइने चेतावनी दिएका छन्। 

उनले भनेका छन्, ‘म आज म्यान्मारको सेनालाई फेरि एकपटक आग्रह गर्छु– नेत्री आङ सान सुची, राष्ट्रपति विन मिन्टसहित नजरबन्दमा राखिएका लोकतान्त्रिक सबै नेतालाई तुरुन्त रिहा गर।’

उनले अगाडि भनेका छन्, ‘त्यहाँका सेनाले सत्ता छाड्नैपर्छ।’

बीबीसीका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनलाई म्यान्मारले अमेरिकामा राखेको एक अर्ब डलर फन्ड पनि फ्रिज गर्न निर्देशन दिएका छन्।

याे पनि :  म्यान्मारमा सैन्य ‘कू’विरुद्ध प्रदर्शनमा उत्रिएकी एक महिलाको टाउकोमा लाग्यो गोली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad