तीन/तीनवटा पद ओगट्नेहरूले नै आफू संलग्न प्रचण्ड–नेपाल पक्षको ‘लडाइँ’लाई पदका लागि हो भनेर आरोप लगाइरहेको देख्दा आश्चर्य लागेको भन्दै विष्णु रिजालले व्यंग्य गरेका छन्।
नेकपा केन्द्रीय सदस्य रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसले एक, दुई होइन, तीन पदसम्म अँठ्याइरहेका छन् र त्यतिले मात्र नपुगेर श्रीमती, बहिनी र ज्वाइँलाई समेत इच्छाएका पद दिलाउने सफलता पाएका छन्।’
यस्तै उनले साढे २ वर्ष मात्र पदमा रहने लिखित सम्झौता गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूरै (५ वर्ष) कार्यकाल काम गर्न दिएका आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदलोलुप भनेको भन्दै नेता रिजालले खण्डन गरेका छन्।
‘अनि पार्टी र सरकारमा रोजेकै पद चाहिन्छ भन्नेचाहिँ त्यागी,’ व्यंग्य गर्दै उनले लेखेका छन्, ‘स्थायी समिति र संसदीय दलमा प्रममा नाम प्रस्ताव गर्ने पदलोलुप, अनि पार्टीमा बहुमत गुमाइसक्दा पनि बैठकै बस्दिनँ भन्नेचाहिँ राजनेता !’

प्रतिक्रिया