राजनीति


चिनियाँ राष्ट्रपतिबारे बाइडेन भन्छन्ः उनको शरीरमा लोकतान्त्रिक हड्डी छैन

चिनियाँ राष्ट्रपतिबारे बाइडेन भन्छन्ः उनको शरीरमा लोकतान्त्रिक हड्डी छैन

नेपालखबर
माघ २६, २०७७ सोमबार ८:२१,

सो क्रममा बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङको शरीरमा लोकतान्त्रिक हड्डी नभएको पनि बताएको द हिन्दुले उल्लेख गरेको छ।

हाल चीन र अमेरिकाबीच विभिन्न विषयमा विवाद छ। सिनजियाङको मानवअधिकार, तिब्बत–हङकङ स्वतन्त्रता, ताइवान, दक्षिण चीन सागर, प्रविधि तथा व्यापारको विषय यी दुई देशबीचको प्रमुख मुद्दा हुन्।

यदी चीनले सुमधुर सम्बन्ध चाहेमा भने अमेरिका त्यसको लागि सँधै तयार रहेको बाइडेनको भनाइ छ।

हिन्दुस्तान टाइम्सका अनुसार बाइडेनले आइतबार अमेरिकी टीभी च्यानल सीबीएसमा चिनियाँ समकक्षीलाई इंगित गर्दै भनेका छन्,‘मैले उपराष्ट्रपति हुँदा दुईपटक चीनको भ्रमण गरेको थिए। चीन सरकार कडा छ। म यो आलोचक भएर भनिरहेको छैन। यो साँचो हो उनीहरुको शरीरमा लोकतान्त्रिक हड्डी नै छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad