राजनीति


ओली पक्षले दीपशिखालाई हटायो युवा संघको संयोजकबाट

ओली पक्षले दीपशिखालाई हटायो युवा संघको संयोजकबाट

नेपालखबर
माघ २५, २०७७ आइतबार १०:२६,

विभाजित नेकपाको ओली पक्षले राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा दीपशिखालाई संयोजक पदबाट हटाएको छ।

तर सापकोटालाई हटाएपछि नयाँ संयोजक चयन भने गरिसकेको छैन।

‘संघका सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बसेको बैठकले संयोजक पदबाट रामप्रसाद सापकोटालाई हटाउने निर्णय गरेको छ, नयाँ संयोजक चयन भइसकेको छैन, बैठक जारी छ,’ संघका सचिवालय सदस्य प्रभातविक्रम कटवालले नेपालखबरसँग भने।

संयोजक सापकोटा पूर्वमाओवादी हुन् भने सहसंयोजक पौडेल पूर्वएमाले हुन्।

RastriyaYubaSangh meeting

राजनीतिक तथा सांगठनिकरुपमा विभाजित भएको नेकपाका दुवै पक्षले अर्को तर्फका प्रमुख पदाधिकारीलाई हटाएर आफ्नो पक्षमा रहेकालाई जिम्मेवारी दिने क्रम जारी राखेका छन्।

विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले पार्टीकै अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ भने ओली पक्षले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट कार्यकारी अधिकार खोसेको छ।

ओली पक्षले यसअघि प्रेस संगठनका संयोजक महेश्वर दाहाललाई हटाएको थियो।

तर पार्टी विभाजनदेखि उनीहरुका यी सबै निर्णयहरुलाई निर्वाचन आयोगले भने मान्यता दिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad