राजनीति


प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्छ : प्रधानन्यायाधीश

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्छ : प्रधानन्यायाधीश

नेपालखबर
माघ २५, २०७७ आइतबार १०:१४,

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस यो हप्ताभित्र सिध्याउनुपर्ने बताएका छन्।

आइतबार सरकारी वकिलको बहस सकिएको छ। त्यसपछि प्रधनमन्त्रीको बचाऊमा निजी अधिवक्ताहरुले बहस सुरु गरेका छन्। सोही क्रममा प्रधानन्यायाधीश जबराले यो हप्ताभित्र सबै मुद्दाको बहस सिध्याउनु पर्ने बताएका हुन्।

अहिलेसम्म महान्यायाधीवक्तासहित ११ जना सरकारी वकिलले प्रतिनिधि सभा विघटनका पक्षमा बहस सकेका छन्। सरकारी वकिलको  सकिएसँगै निजी वकिलको बहस सुरु भएको हो।

यसअघि वरिष्ठ अधिवक्ता सुशील पन्तले मात्रै प्रधानमन्त्रीको तर्फबाट बहस गरेका थिए। अहिले अधिवक्ता रमेश बडालले बहस गरिरहेका छन्।

प्रधानमन्त्रीको तर्फबाट १७७ जना कानुन व्यवसायीले वकालतनामा बुझाएका छन्। यीमध्ये सबैले बहस नगर्ने र यो साता प्रधानमन्त्रीको तर्फबाट बहस सकिने बडालले इजलासमा जानकारी दिए।

प्रधानन्यायाधीशले बडाललाई बढीमा ३० मिनेटभित्रमा बहस सक्न भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad