राजनीति


२८ गतेको आमसभामा सहभागी हुन प्रचण्ड–नेपालले गरे यस्तो अपिल (भिडिओ)

२८ गतेको आमसभामा सहभागी हुन प्रचण्ड–नेपालले गरे यस्तो अपिल (भिडिओ)

नेपालखबर
माघ २५, २०७७ आइतबार ८:२१,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही माघ २८ गते काठमाडौँमा गर्न लागेका जनप्रदर्शन तथा विरोधसभामा सहभागिताका लागि सबैलाई अनुरोध गरेका छन्।

अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले आइतबार भिडिओ सन्देश जारी गर्दै प्रतिनिधि सभा विघटनका विपक्षमा, प्रतिगमनका षड्यन्त्रलाई परास्त गर्न लागि विरोध सभाको आयोजना गरिएको भन्दै सहभागिताका लागि आग्रह गरेका हुन्।

 प्रचण्ड–नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमलाई परास्त गरेर संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने आफूहरुको अभियानमा साथ दिन भिडिओमा आग्रह गरेका हुन्।

सामवेशी शासन प्रणालीलाई सदृढ बनाउन र भ्रष्टाचारको विरोधमा सशक्त आवाजका उठाउनका लागि पनि विरोध सभामा सहभागी हुन आग्रह गरिएको छ।

विगतमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै, सधार गर्ने प्रतिवद्धतासमेत अध्यक्षद्वयले गरेका छन्।

भिडिओमा दुवै अध्यक्षले पालैपालो बोलेका छन् भने कतैकतै यसअघिका विरोधसभाका दृश्य समेत देखाइएको छ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा फुट आएको छ। प्रतिनिधि सभा विघटनको विरोमा प्रचण्ड–नेपाल समूहले सडक प्रदर्शन गर्दै आएको छ। नेकपाले यसअघि ९ गते पनि नेकपाले उपत्यकामा सभा गरेको थियो। त्यस्तै नेकपाको ओली समूहले भने २३ गते उपत्यकामा जनसभा गरिसकेको छ।

हेरौँ भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad