राजनीति


वैशाखमा चुनाव भएन भने देश संकटको भूमरीमा पर्छ : मन्त्री श्रेष्ठ

वैशाखमा चुनाव भएन भने देश संकटको भूमरीमा पर्छ : मन्त्री श्रेष्ठ

नेपालखबर
माघ २४, २०७७ शनिबार ११:०,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न अब निर्वाचनमा जानुपर्ने बताएका छन्।

काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित उमादेवी मन्दिरमा निर्माण गरिएको सभाहल उद्घाटन कार्यक्रममा शनिबार मन्त्री श्रेष्ठले निर्वाचनका माध्यमबाट ताजा जनादेश लिएर देशमा स्थायित्व कायम गर्न राजनीतिक दललाई आग्रह गरे।

निर्धारित समयमा चुनाव हुन नसकेमा देश संकटको भुमरीमा पर्ने बताउँदै मन्त्री श्रेष्ठले देश र जनताका पक्षमा क्रियाशील सरकारलाई घेराबन्दी गरिएका कारण समस्या आएको विचार व्यक्त गरे।

प्रदेशसभा सदस्य डा. अजयक्रान्ति शाक्यले स्थानीय विकास र समृद्धिका लागि सामूहिक सहभागिताको खाँचो रहेको बताए।

कुमारी क्लबका अध्यक्ष नकुल हमाल ठकुरीले करीब रु २६ लाखको लागतमा उक्त हल निर्माण गरिएको जानकारी दिए।

निर्वाचन क्षेत्र नं ९ को निर्वाचन क्षेत्र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटबाट उक्त हल निर्माण गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad