कला


पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेबारे चलचित्र बनाउने ओबामा दम्पतीको घोषणा

पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गेबारे चलचित्र बनाउने ओबामा दम्पतीको घोषणा

नेपालखबर
माघ २४, २०७७ शनिबार १०:५७,

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको कम्पनी ‘हाइयर ग्राउन्ड’ले सन् २००३ मा इद डग्लासले लेखेको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ पुस्तकको आधारमा चलचित्र बनाउने घोषणा गरेको हो।

द भल्चर डटकमका अनुसार बाराक र मिसेलको कम्पनीले निर्माण गर्न लागेको चलचित्रको नाम ‘तेन्जिङ’ हुनेछ। यसको निर्देशन जेनिफर पिदोम र लुक डेभिसले गर्नेछन्।

Image result for tenzing norgeyएडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा

सन् १९५३ मे २९ का दिन न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए।

ओबामा दम्पतीको कम्पनीले निर्माण गर्ने चलचित्र नेटफ्लिक्समा सार्वजनिक हुनेछ।

Image result for tenzing norgey

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad