राजनीति


फ्रान्सेली राष्ट्रपतिले स्लोभाकियाका प्रधानमन्त्रीलाई आफैले ओढाइरहेको छाता जब कसैलाई दिनै मानेनन् (भिडियो)

फ्रान्सेली राष्ट्रपतिले स्लोभाकियाका प्रधानमन्त्रीलाई आफैले ओढाइरहेको छाता जब कसैलाई दिनै मानेनन् (भिडियो)

नेपालखबर
माघ २४, २०७७ शनिबार ७:४८,

फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोँ र स्लोभाकियाका प्रधानमन्त्री इगोर मातोपिचले बुधबार पत्रकार सम्मेलन गरिरहेका थिए।

पेरिसस्थित एलिसी प्यालेसबाहिर खुला स्थानमा आयोजित कार्यक्रममा स्लोभाकियाका प्रधानमन्त्री इगोर मातोभिचले पत्रकारहरुसँग कुरा गर्दागर्दै पानी ओइरियो।

प्रधानमन्त्री मातोभिचको आडैमा उभिएका थिए राष्ट्रपति म्याँक्रो। पत्रकारहरुलाई उभिएरै जानकारी गराइरहेका प्रधानमन्त्रीलाई राष्ट्रपतिले एउटा ठूलो छाता ओडाइरहे।

त्यो देखेका उनका सहयोगी तथा कर्मचारीहरु राष्ट्रपतिसामु आए र आफूहरुले ओडाइदिने भनी छाता मागे। उनले ‘हैन ठीकै छ म नै ओडाइरहेको छु त ! भन्दै उनीहरुलाई फिर्ता पठाए।’

यसरी तीन पटकसम्म आएका उनका सहयोगीहरुलाई राष्ट्रपतिले फर्काइदिएका थिए।

फेरि अर्की महिला आइन् र म्याँक्रोलाई अर्को छाता टक्र्याइन्। फेरि पनि उनले अर्को चाहिँदैन भन्ने इशारा गरेर उनलाई पनि पन्छाए।

दुवैजनाले सञ्चारकर्मीसँग कुराकानी गरेर सकिएपछि एलेसी प्यालेसको सिँढि चढ्दैगर्दा पनि फेरि एकजना सैनिक आए र म्याक्रोँसँग छाता समाइदिन्छु भने।

तर म्याक्रोँले उनलाई वास्तै गरेनन् र देख्दै नदेखेजस्तो गरी खुरुखुरु हिँडे। छाता आफैले समाइरहे।

अर्की महिला फेरि आइन् र म समाइदिन्छु नी भनिन्। उनलाई पनि पन्छाएर म्याक्रोँ अघि बढे।

राष्ट्रपति यति प्रतिबद्ध देखिन्थे कि मानौं उनी ‘मेरो छाता किन कसैलाई दिउँ’ भन्ने सोँच्दैथे।

अन्ततः माथिल्लो सिंढीमा पुगेपछि भने उनले त्यो छाता एकजनालाई सुम्पिनै पर्यो किनभने त्यहाँ पुगेर मास्क लगाउनका लागि उनलाई दुवै हात खाली गर्नैपर्यो। -राेयटर्स

भिडियोः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad