उनले भारतमा यतिबेला देशप्रेमी गोस्वामी र कंगना मात्रै हुन् तरु भन्दै प्रश्न गरेका छन्।
हाल भारतमा सत्य बोल्ने मानिसलाई देशद्रोही भन्न थालिएकोमा केन्द्र सरकारसँग राउतले आक्रोश व्यक्त गरेका हुन्।
राउतका अनुसार भारतमा सरकारविरुद्ध कसैले अभिव्यक्ति दिए उनीहरुविरुद्ध कंगना रणावत र अर्नब गोस्वामी उत्रिन्छन्।
उनी भन्छन्,‘सरकालाई प्रश्न गरेकै कारण र सत्य बोलेकै कारण आम आद्मी पार्टीका सांसद सन्जय सिंहमाथि देशद्रोहको मुद्दा लागेको छ। चर्चित पत्रकार राजदीप सारदेसाई जसलाई सरकारले पद्मश्री पुरस्कार प्रदान गरेको छ, उनीमाथि पनि देशद्रोहको आरोप लगाइएको छ। राष्ट्रसंघमा भारतको हितको लागि काम गर्ने शशि थरुर र सिंघु बोडरमा रिपोर्टिङ गर्ने पत्रकारमाथि पनि यस्तै आरोप लगाइएको छ।’
मोदीलाई प्रचण्ड बहुमत प्राप्त भएको आफूले स्वीकार गर्ने तर उनको अहंकारले देश नचल्ने राउतको भनाइ छ।
सांसद सन्जय राउत
हाल भारतमा किसान आन्दोलन जारी छ। किसान आन्दोलनमा सहभागी भएकाहरुलाई कंगना रणावतले आतंकवादी भनेकी छिन्। किसानलाई साथ दिने सबैलाई कंगनाले चुनौती दिने गरेकी छिन्।
यस्तै कार्य अर्नब गोस्वामीले गरिरहेका छन्। गोस्वामीले भाजपा बाहेकका नेताहरुलाई थर्काउने गरेको राउतको भनाइ छ।
हाल २ सय किसानलाई प्रहरीले गिरफ्तार गरेको छ। सिख समुदायका मानिसलाई खालिस्तानी भएको आरोप लागेको छ।
सिखले मुगलसँग लडाइगर्दा उनीहरुलाई देशभक्ति भनियो, अंग्रेजसँग लड्दा उनीहरुलाई देशभक्ति भनियो तर अहिले आफ्नो हकको लागि लड्दा उनीहरुलाई खालिस्तानी भनिएकोमा राउतले आफूलाई दुःख लागेको बताउँछन्।
सच्चा देशभक्तिलाई देशद्रोही तथा कंगना र गोस्वामीलाई देशप्रेमी भनिनु हाँस्यास्पद विषय भएको उनको भनाइ छ। टाइम्स अफ इन्डिया

प्रतिक्रिया