ad ad

राजनीति


प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसका भातृ संगठनले आज देशभर प्रदर्शन गर्ने

प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसका भातृ संगठनले आज देशभर प्रदर्शन गर्ने

नेपालखबर
माघ २४, २०७७ शनिबार ५:२५,

प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसका भातृ (शुभेच्छुक) संघ–संगठनले आज (शनिबार) देशभर प्रदर्शन गर्दैछन्।

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसको तेस्रो चरणको विरोध कार्यक्रमअन्तर्गत शनिबार भातृ संगठनहरुले देशभर प्रदर्शन तथा सभा गर्न लागेका हुन्।

माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो। जसअन्तर्गत आज देशभरका भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई विरोधमा उतार्ने भएको हो। आज ७७ जिल्लामा १८ शुभेच्छुक संघ–संगठनले विरोध प्रदर्शन गर्ने कांग्रेसले जानकारी दिएको छ।

प्रतिनिधि सभा पविघटनविरुछ यसअघि कांग्रेसले, जिल्ला, निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्मै प्रदर्शन गरेको थियो। कोरोना संक्रमणलाई ख्याल गर्दै कांग्रेसले प्रदर्शनका क्रममा मास्क अनिवार्य प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न पनि आग्रह गरेको छ।

त्यस्तै कांग्रेसले फागुन ३ गते ७७ जिल्ला सदरमुकामहरुमा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस सडक संघर्षमा उत्रिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .