ad ad

राजनीति


ओली सरकारलाई बिहानै विष्णु रिजालको व्यंग्य : कसले भन्छ- हाम्रो सरकारले केही गर्दैन !

ओली सरकारलाई बिहानै विष्णु रिजालको व्यंग्य : कसले भन्छ- हाम्रो सरकारले केही गर्दैन !

नेपालखबर
माघ २४, २०७७ शनिबार १:५३,

आन्दोलनरत नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले कोरोना खोपका सन्दर्भमा सरकारलाई व्यंग्य गरेका छन्।

भारतले १० लाख डोज कोरोना खोप अनुदान दिएको नेपाललाई चीनले पनि ५ लाख डोज दिने भएको छ।

यसै सन्दर्भमा नेकपा विदेश विभाग उपप्रमुखसमेत रहेका रिजालले शनिबार बिहानै ट्विट गरेका छन्, ‘अब हाम्रो सरकारले टेलिकमको सीआरबीटी बदल्ने होला– ‘नेपाल सरकारले कोरोनाविरूद्ध १५ लाख डोज खोप ल्याइसकेको छ।’

उनले अगाडि लेखेका छन्, ‘कसले भन्छ- हाम्रो सरकारले केही गर्दैन? कोभ्याक्सबाट २२ लाख डोज खोप पाइएपछि त ‘अरू सरकारमा भए यो सम्भव थियो र?’ भनिएला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .