ad ad

कारोबार


प्रदेश नम्बर १ र ५ का विभिन्न स्थानमा बिहानैदेखि विद्युत् बन्द गरिने (तालिकासहित)

प्रदेश नम्बर १ र ५ का विभिन्न स्थानमा बिहानैदेखि विद्युत् बन्द गरिने (तालिकासहित)

नेपालखबर
माघ २४, २०७७ शनिबार ०:५४,

आज (शनिबार) बिहानैदेखि प्रदेश १ र ५ का विभिन्न स्थानमा दिनभरजसो विद्युत् बन्द गरिने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सटडाउन तालिकाअनुसार प्रदेश ५ र प्रदेश १ का का ३/३ वटा फिडरबाट प्रवाहित विद्युत् अवरुद्ध गरिने भएको हो।

प्राधिकरणका अनुसार प्रदेश १ को धरान फिडरमा अहिले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् बन्द गरिनेछ। जसले गर्दा धरान वडा नम्बर १, ३, ४, ५, ६, ८, ९, १०, ११, १३, १४, १५, १६, १७, १८, १९ र २० मा त्यतिन्जेल बत्ती जानेछ। 

प्रदेश ५ को नेपालगन्ज वितरण केन्द्रमा दिउँसो १२:३०देखि ४:३० सम्म बिजुली बन्द गरिनेछ। जसका कारण न्युरोड, गणेशपुर, धम्बोझीदेखि सिग्नेट होटलसम्म सानीमा बैंकदेखि बेलासपुरसम्म र खजुरा रोडदेखि पिपल चौतारासम्म विद्युत् आउने छैन।

यस्तै नेपालगन्जकै एयरपोर्ट फिडरमा बिहान ११ बजेदेखि  दिउँसो १२:३० बजेसम्म विद्युत् सटडाउन गरिनेछ। जसले गर्दा त्यतिन्जेल सुर्खेत रोडको पश्चिमी क्षेत्र, करकाडो चोकदेखि राझासम्म बत्ती जानेछ।

हेर्नुहोस्, विद्युत् कटौती तालिका :

bikatau

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .