आफ्नो समूहले आज शुक्रबार काठमाडौंमा आयोजना गरेको आमसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्रीले गरेझैं आफूले पनि प्रतिनिधि सभा विघटन गरेको उदाहरण दिएपछि प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका नेता भीम रावलले ९ प्रश्न गरेका छन्।
लिखित संविधान नभएको बेलायतका प्रधानमन्त्रीले झैं आफूले संसद् भंग गरेको भनेका प्रधानमन्त्री ओलीलाई नेता रावलले सामाजिक सञ्जालमार्फत ९ प्रश्न तेर्स्याएका हुन्।
हेर्नुहाेस् :
प्रमं केपी ओलीले लिखित संविधान नभएको बेलायतका प्रमंले संसद भंग गरेझै आफुले गरेको भन्नुभयो।त्यहाँ कानूनहरू छन् र अभ्यास गरिएको परम्परा केपीजीले संविधान मिचेझैं मिचिदैनन् ।प्रमं केपीजीले नेपाल र बेलायतको प्रणाली उस्तै भएको भन्ने तर्क दिइरहँदा यी प्रश्नहरूको जवाफ जनतालाई दिनुहोस्: pic.twitter.com/qOiN7IDwoq
— Bhim Rawal, PhD (@BhimRawal179) February 5, 2021

प्रतिक्रिया