प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अहिले साँझ ५ बजेदेखि आमहडतालको कार्यक्रम सम्पन्न भएको जनाएको छ।
नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको अधिकारिक फेसबुक पेजमार्फत बिहीबार दिनभर भएका क्रियाकलापबारे जानकारी दिँदै साँझ ५ बजेसम्म पार्टीको घोषित कार्यक्रम रहेको र त्यसपछि आमहड्ताल विधिवत रुपमा अन्त्य हुने जानकारी दिएका हुन।
उनले जुन उद्देश्यका साथ आम हड्ताल गरिएको थियो त्यो सफल भएको बताउँदै रहरले नभएर बाध्यताले आमहड्ताल गर्नु परेको तथा त्यसबाट पर्न गएको असुविधाप्रति आम जनसमुदायप्रति क्षमायाचना पनि गरे।
नेकपाले छिटफुट घटनाबाहेक आन्दोलन शान्तिपूर्ण भएको जनाएको छ।
प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा जनकपुरमा स्थायी समिति सदस्य मातृका यादव, केन्द्रीय सदस्य रामचन्द्र झासहित दर्जनबढी कार्यकर्ता घाइते भएका छन्।

प्रतिक्रिया