नेकपा (प्रचण्ड–नेपाल) का नेता योगेश भट्टराईले ओली सरकारको पतन निश्चित रहेको दाबी गरेका छन्।
आफ्नो पार्टीले आम हडताल गरेकाे दिन बिहीबार पूर्वमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेका हुन्।
‘सत्ताको आडमा मण्डलेतन्त्रको उदय, उन्माद र श्वेत आतंक अनि पतन सुनेको मात्र होइन, देखेको र भोगेको पनि हो,’ भट्टराईले भनेका छन्, ‘ढिलो वा चाँडो मार्ग त्यही हो।’

प्रतिक्रिया