राजनीति


ओलीका संविधानविरोधी गतिविधिबारे जनतालाई सचेत गराउन आमहड्ताल गरेका हौँ : नेपाल

ओलीका संविधानविरोधी गतिविधिबारे जनतालाई सचेत गराउन आमहड्ताल गरेका हौँ : नेपाल

नेपालखबर
माघ २२, २०७७ बिहिबार ७:२१,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादविरुद्ध जनतालाई जानकारी दिन र विरोध जनाउन आग्रह गर्दै आमहड्ताल गरिएको बताएका छन्।

आमहड्तालको निरीक्षण गर्न स्कुटी चरेर सडकमा निस्केका अध्यक्ष नेपालले पत्रकारसँग कुरा गर्दै  प्रधानमन्त्री संविधान कुल्चिएर अगाडि बढेपछि बाध्य भएर हड्तालमा उत्रिनुपरेको बताए।

उनले आमहड्तालले जनतालाई कष्ट भएको भन्दै क्षमा समेत मागे।

‘केही शर्मा ओलीको अधिनायकवादको विरुद्धमा जनतालाई विरोध जनाउनुस् भनेर हामीले आमहड्ताल आह्वान गरेका हौँ’, अध्यक्ष नेपालले भने, ‘यसबाट जनतालाई कष्ट भएको छ, हामी क्षमा माग्न चाहान्छौं।’

 अध्यक्ष नेपालले संवैधानिक आयोगका पदाधिकारीहरुको जबर्जस्ती शपथ गराएर ओलीमा एकपछि अर्को गर्दै अधिनायकवादी चरित्र प्रस्तुत गरेको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad