राजनीति


केन्द्रीय सदस्यलाई प्रचण्डको ब्रिफिङः कांग्रेस र जसपासँग सहमति हुँदैछ, ओलीलाई एक्ल्याउँछौं

केन्द्रीय सदस्यलाई प्रचण्डको ब्रिफिङः कांग्रेस र जसपासँग सहमति हुँदैछ, ओलीलाई एक्ल्याउँछौं

नेपालखबर
माघ १९, २०७७ सोमबार ११:४९,

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापनाको लागि साझा संघर्ष गर्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहमति जुट्न लागेको बताएका छन्।

केन्द्रीय सदस्य हरि दाहालका अनुसार सोमबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले केपी गुटलाई अब एक्ल्याउने र आन्दोलनबाटै कमजोर बनाउने बताएका थिए।

‘संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा अन्य दलहरुसमेत एक ठाँउमा आउने अवस्था बन्दै गएको छ, छलफल पनि भइरहेको छ,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘केपी गुटलाई आन्दोलनबाट धराशायी बनाउने सहमति हुन लागेको छ।’

उनले प्रदेश १ र वागमती प्रदेशमा कांग्रेससँग मिलेर अघि बढ्ने विषयमा सहमतिउन्मुख रहेको जानकारी दिएका थिए।

prachand nepal meet

प्रदेश १ र वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

ती दुवै प्रदेशका मुख्यमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीनिकट हुन्।

‘प्रदेशसभामा ओली गुटलाई एक्लाउने गरी हिजोमात्रै कांग्रेससँग सहमति भएको छ,’ प्रचण्डले भने।

नेकपाका दुवै समूहको आधिकारिकता अस्वीकार गर्ने माघ ११ को निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण रहेको भन्दै प्रचण्डले आफूसँग रहेको बहुमत संख्यालाई आयोगले मान्यता नदिएकोमा असन्तुष्टि जनाएका थिए।

‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ। उसले बहुमत सदस्यको सनाखत लिन किन चाहेन? बहुमत छाडेर अध्यक्ष दुई जना र महासचिवमा किन सहमति खोज्यो? दुई अध्यक्ष भनेर जसरी आयोगले भन्यो, त्यो कुतर्क मात्रै हो,’ बैठकमा प्रचण्डले भनेका थिए।

संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट सकरात्मक निष्कर्ष आउने विश्वास बढेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad