ad ad

राजनीति


नेकपा आधिकारिकता विवादः निर्वाचन आयोगद्वारा पूर्वप्रमुख आयुक्त र आयुक्तहरुसँग छलफल

नेकपा आधिकारिकता विवादः निर्वाचन आयोगद्वारा पूर्वप्रमुख आयुक्त र आयुक्तहरुसँग छलफल

नेपालखबर
माघ १९, २०७७ सोमबार ८:०,

निर्वाचन आयोगले नेकपाको विवादका विषयमा पूर्वप्रमुख आयुक्त र आयुक्तहरुसँग छलफल गरिरहेको छ।

बिहान ११ बजेदेखि कान्तिपथस्थित कार्यालयमा छलफल भइरहेको हो। छलफलमा पूर्वप्रमुख आयुक्त अयोधिप्रसाद यादव, नीलकण्ठ उप्रेतीलगायत अन्य पूर्वआयुक्तहरुको उपस्थिति छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले छलफल जारी रहेको बताए।

पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमपछि नेकपा विभाजित अवस्थामा पुगेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक भएको भन्दै उनलाई कारबाही गरिसकेका छन्।

ओली र प्रचण्ड दुवै पक्षले आफैँ आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा पठाएका सबै विवरण हेरेर आयोगले नेकपाको अन्तरिम विधानअनुसार पुस ५ पछि भएका संशोधन, परिमार्जन गर्न नमिल्ने निर्णय सुनाइसकेको छ।

माघ १६ गते दुवै पक्षका ५/५ जनालाई आयोगले बोलाएको थियो तर प्रचण्ड–नेपाल उपत्यकाबाहिर रहेकोले उपस्थित भएनन्। प्रचण्ड–नेपाल पक्षले आयोगलाई पत्र दिएर १८ गतेपछि मात्र छलफल राख्न आग्रह गरेको थियो।

नेकपाभित्रको जारी विवादलाई समाधान गर्ने विषयमा आयोगले पूर्वआयुक्तहरुसँग छलफल गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .