ad ad

कारोबार


बैंक अफ काठमाण्डूका ग्राहकलाई खल्ती लिंक गर्दा १ सय रुपैयाँ बोनस र सिधै बैंकबाट भुक्तानी सुविधा

बैंक अफ काठमाण्डूका ग्राहकलाई खल्ती लिंक गर्दा १ सय रुपैयाँ बोनस र सिधै बैंकबाट भुक्तानी सुविधा

नेपालखबर
माघ १९, २०७७ सोमबार ७:५३,

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सय रुपैयाँ बोनस र सिधै बैंकबाट भुक्तानी सुविधा पाउने भएका छन्।

ग्राहकहरुले बैंक अफ काठमाण्डू लिमिटेडको खातालाई बैंकको मोबाइल बैंकिङ्ग सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै १०० रुपैयाँ बोनस प्राप्त गर्ने बैंकले जनाएको हो।

यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइनेछ। यस बोनस योजनामा बैंक अफ काठमाण्डू लिमिटेडको मोबाइल बैंकिङ्गको प्रयोगकर्ताहरुले मात्र सहभागिता जनाउन सक्नेछन्।

ग्राहकहरुले आफ्नो बैंक खातालाई खल्ती वालेटमा लिंक गरेपश्चात् उक्त वालेटमार्फत विभिन्न वस्तु तथा सेवाहरुको खरिद गर्न सक्ने पनि जनाइएको छ। साथै, बैंकका ग्राहकहरुले वस्तु तथा सेवा खरिदपश्चात् सिधै बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन्।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .