ad ad

राजनीति


प्रचण्डविरुद्ध पनि अदालतको अवहेलना मुद्दा

प्रचण्डविरुद्ध पनि अदालतको अवहेलना मुद्दा

नेपालखबर
माघ १९, २०७७ सोमबार ६:०,

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पनि अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ।

सोमबार सर्वोच्च अदालतमा अधिवक्ता समीर हायुले प्रचण्डविरुद्ध अदालतकाे अवहेलना मुद्दा हालेका हुन्।

सर्वोच्चले रिट दर्ता गर्दै मंगलबारलाई पेसी तोकेको छ।

यसअघि प्रधानमन्त्री र चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा परिसकेका छन्। 

सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदातलको अवहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएका हुन्।

याे पनि : अवहेलना मुद्दा परेका प्रधानमन्त्रीसहित सबैलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ का लागि निर्वाचन घोषणा गरेकी छन्।

त्यसयता सत्तारुढ नेकपाका दुई समूह औपचारिक रूपमै अलग भएका छन्। नेकपाका प्रचण्ड–नेपाल पक्ष ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा उत्रिएको छ भने ओली समूह चुनावी अभियानमा लागेको छ।

प्रतिनिधि सभा विघटन संविधानविपरीत भन्दै सर्वाेच्च अदालतमा दजर्नभन्दा बढी रिट दायर भएका छन्।

याे पनि : सर्वोच्चमा प्रतिनिधि सभा विघटनको पक्षमा बहस सुरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .