ad ad

राजनीति


कहाँ पुग्यो ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया?

कहाँ पुग्यो ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया?

नेपालखबर
माघ १९, २०७७ सोमबार ०:१९,

अमेरिकाका राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको सुनुवाइ संक्षिप्त बनाउन र एजेन्डामा पर्न नदिन माथिल्लो सदन (सिनेट) का डेमोक्रेटिक पार्टीका आफ्ना साथीलाई आग्रह गरेका छन्।

ह्वाइट हाउस निकट अधिकारीका अनुसार राष्ट्रपति बाइडेन ट्रम्पविरुद्धको महाभियोग प्रक्रियाबाट आफूलाई टाढा राख्न चाहन्छन्, जुन प्रकिया फेब्रुअरीमा सुरु हुँदै छ।

अमेरिकी संसदका अनुसार बाइडेनले ट्रम्पविरुद्ध दोस्रो महाभियोग कहिले स्वीकार गरेनन्। उनले संसद भवनमा जनवरी ६ मा भएको हुलदंगामा पूर्वराष्ट्रपतिको संलग्नताका विषयमा पनि आफ्नो पार्टीमा आक्रोशका बीच कुनै पक्षमा उभिन आग्रह गरेनन्।

अमेरिकी संसद् स्रोत उधृत गर्दै ह्वाइट हाउस निकट र बाइडेनका एक सहयोगीले भने कि हामीलाई थाहा थियो- यो हुनेवाला थियो। उनले भने, ‘हामी अब रिपब्लिकनको साथमा छौं र अब उनीहरूले यो प्रक्रियाको सम्मान गर्नेछन्।’

भनिन्छ कि ट्रम्पविरुद्धको महाभियोगको परीक्षणले बाइडेनलाई केही जोखिम हुने देखिन्छ र केही डेमोक्रेट नेताले यसले उनको सुरुवाती एजेन्डा बिगार्न सक्छ भन्ने चेतावनी पनि दिएका छन्।

ट्रम्प यस महाभियोगको सुनुवाईबाट बच्ने सम्भावना किन छ भने यसका लागि डेमोक्रेटिक पार्टीलाई रिपब्लिकन पार्टीका सांसदको पर्याप्त समर्थन छैन।

ट्रम्प बचाऊ समूहबाट दुई वकिल बाहिरिए
ट्रम्पविरुद्ध सिनेटमा महाभियोगको सुनुवाइ सुरु हुन एक हप्ताअघि मात्र उनको बचाऊ टोलीबाट दुई प्रमुख वकिल बाहिरिएका छन्। यस घटनाक्रमबारे जानकार दुई अधिकारीका अनुसार वकिल बुच बोवर्स र देबोराह बार्बियर अलग भएपछि बचाऊ पक्षको रणनीतिमा अनिश्चितता देखिएको छ।

स्रोतका अनुसार मुद्दाको मार्गबारे मतभेद भएपछि ती दुई वकिल सहमतिले नै बाहिरिएका हुन्। अब टोलीमा अन्य वकिल सहभागी गराउने घोषणा चाँडै हुने बताइएको छ। 

ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनबाट पारित भए पनि माथिल्लो सदनबाट अनुमोदन हुन बाँकी छ। माथिल्लो सदनले पनि बहुमतका साथ पास गरेपछि मात्र ट्रम्प दोषी ठहरिनेछन्। तर त्यो सम्भावना निकै न्यून देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

खासगरी यही जनवरी ६ मा बाइडेन राष्ट्रपतिमा विजयी भएको प्रमाणीकरण गर्न अमेरिकी संसद् भवनमा छलफल भइरहेका बेला ट्रम्पका समर्थकले आक्रमण गरेपछि उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाइएको हो। हमलामा एक प्रहरीसहित ५ जनाको मृत्युसमेत भएको थियो।

यसैगरी ट्रम्पले चुनाव हार्दाहार्दै पनि लामो समय धाँधलीको आरोप लगाउँदै बाइडेनको विजयी अस्वीकार गरिरहे। अदालतमा मुद्दासमेत हाले। तर सबैतिरबाट उनी झुटा ठहरिए। यही जनवरी २० देखि बाइडेनले अमेरिकाको सत्ता सम्हालेका हुन्।

याे पनि : अहिले के गर्दैछन् ट्रम्प ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .