ad ad

छापा खबर


दिल्लीमा १३ वर्षपछि एक सातासम्म लगातार चिसो, किन यस्तो भयो?

दिल्लीमा १३ वर्षपछि एक सातासम्म लगातार चिसो, किन यस्तो भयो?

नेपालखबर
माघ १९, २०७७ सोमबार ०:११,

दिल्लीमा यो वर्षको जनवरीमा धेरै दिन चीसो भएकाु भारतीय मौसम विभागले जनाएको छ।

विभागका अनुसार यो वर्ष दिल्लीमा सन् २००८ पछि पहिलो पटक लगातार सात दिनसम्म अत्यधिक चीसो भएको छ।

यसअघि सन् २००८ मा दिल्लीमा जनवरीका १२ दिन अत्यधिक चीसो भएको रेकर्ड छ। सामान्यतया चार डिग्री सेल्सियसभन्दा कम तापक्रम रहेमा यसलाई चीसो समय मानिने विभागले जनाएको छ । तापक्रम दुई डिग्री वा सोभन्दा कम भएमा यो अत्यधिक चीसो (कोल्ड वेभ) हो।

विभाग अन्तर्गतको क्षेत्रीय मौसम पूर्वानुमान केन्द्र प्रमुख कूलदीप श्रीवास्तवले भने, ‘यो वर्षको जनवरीमा सन् २००८ पछि पहिलो पटक आठ दिन तापक्रम चीसो रह्यो। जवकी १३ वर्ष पहिले जनवरी महिनामा १२ दिन तापक्रम निकै चीसो रहेको थियो।’

सन् २०१९ र २०२० मा दिल्लीमा यसप्रकारको चीसो एक दिन मात्र रहेको थियो भने सन् २०१३ मा छ दिन चिसो भएको थियो।

श्रीवास्तवका अनुसार पश्चिमी वायुमा आएको अवरोधका कारण जनवरीमा उत्तरपश्चिम भारतमा धेरै रातहरूमा बादल नलाग्दा दिनहरू बढी चीसो भएका हुन्।

आइतबार विहान दिल्लीको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस रहेको थियो भने आइतबारसँगै विगत सात दिनमा चार दिनसम्म भारतको राजधानी सहर दिल्लीको मौसम अत्यधिक चीसो रह्यो। यो अवधिमा अत्यधिक न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस रेकर्ड भएको छ।

दिल्लीमा नयाँ वर्ष अर्थात् जनवरी १ का दिन न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस थियो। यो तापक्रम दिल्लीमा विगत १५ वर्षकै सबैभन्दा कम हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .