प्रधानमन्त्री केपी ओलीको पक्षका कानुन व्यवसायीले सोमबारदेखि संवैधानिक इजलासमा बहस सुरु गर्ने भएका छन्।
सोमबार सुरुमा महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट ११ जना अधिवक्ताले बहस गर्ने छन्।
उनीहरुको बहस सकिएपछि प्रधानमन्त्री ओलीका तर्फबाट निजी कानुन व्यवसायीले बहस गर्ने तयारी रहेको सोही समूहका अधिवक्ता राजाराम घिमिरेले बताए।
ओलीको तर्फका अधिवक्ता रमेश बडालका अनुसार महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट ११ जना अधिवक्ता र अन्य १ सय ७५ जना कानुन व्यवसायीले प्रधानमन्त्रीका तर्फबाट वकलातनामा लेखाएका छन्। सुरुमा ८२ जनाले बहस गर्ने भनिए पनि पछि वकिल थप गरिएको थियो।
सुशिल पन्त, रमेश बडाल, सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, विजय मिश्र, माधव बास्नेतलगायत १ सय ७५ जनाको प्रधानमन्त्रीका तर्फबाट वकलातनामा बुझाइएको छ।
तर यीमध्ये कतिले बहस गर्छन् भन्ने निश्चित भइसकेको छैन।
संसद विघटनविरुद्ध परेको रिटमाथि निवेदकका तर्फबाट आइतबार बहस सकिएको छ। विघटनविरुद्ध १३ जना रिट निवेदकका तर्फबाट ७२ जना अधिवक्ताले बहस गरेका थिए।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा समेत रहेको संवैधानिक इजलासले माघ ४ गतेदेखि निवेदकका पक्षबाट सुनुवाइ सुरु गरेको हो।
१३ दिनमा १३ निवदेकका ७२ कानुन व्यवसायीले बहसका क्रममा संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम के के आधारमा असंवैधानिक छ भनी बिभिन्न तर्क पेस गरेका छन्।
वकालतनामामा करिव ३ सय कानुन व्यवसायीले नाम दर्ता गरेका भएपनि सबैले बहस भने गरेनन्।
प्रधानमन्त्रीको पक्षमा तथा रिट निवेदकको विपक्षमा अब सोमबारबाट बहस सुरु हुनेछ। त्यसपछि एमिकस क्युरीको राय समेत सर्वोच्चले लिनेछ। नेपाल बार एसोसिएसनबाट तीन र सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई गरी पाँच बरिष्ठ अधिवक्ता एमिकस क्युरीमा छन्।
विपक्षीको बहसपछि रिट निवेदकले पुनः जवाफ दिनेछन्। त्यसपछि मात्रै मुद्दा फैसलाको चरणमा जानेछ।
ओलीका १७५ मध्ये यी हुन् ८२ वकिलः
१. अधिवक्ता दुर्गा भण्डारी
२. अधिवक्ता लक्ष्मी तामाङ
३. अधिवक्ता शान्ता थापा
४. अधिवक्ता मकुन्दप्रसाद भट्टराई
५. अधिवक्ता रमेशप्रसाद यादव
६. अधिवक्ता अन्जना शाक्य
७. अधिवक्ता लक्ष्मण तिवारी
८. अधिवक्ता मनिषा खड्का
९. अधिवक्ता सुधा धिताल
१०. अधिवक्ता कृष्ण प्रसाद तिवारी
११. अधिवक्ता गणेश घिमिरे
१२. अधिवक्ता कृष्णप्रसाद भण्डारी
१३. अधिवक्ता उपेन्द्रकुमार आले
१४. अधिवक्ता सकुल खत्री
१५. अधिवक्ता मुकुन्द अधिकारी
१६. अधिवक्ता भोजराज सुवेदी
१७. अधिवक्ता धिर्जराज पोखरेल
१८. अधिवक्ता विमला निरौला
१९. अधिवक्ता शान्ता पन्त
२०. अधिवक्ता सन्तोषराज ढकाल
२१. अधिवक्ता शोभना अधिकारी
२२. अधिवक्ता शशीनाथ मरासिनी
२३. अधिवक्ता सहदेव पाण्डे
२४. अधिवक्ता टिकाराम पोखरेल
२५. अधिवक्ता घनेन्द्र बहादुर श्रेष्ठ
२६. अधिवक्ता रमेशप्रसाद गुरागाई
२७. अधिवक्ता ज्ञानदर्शन भट्टराई
२८. अधिवक्ता हरेरान तिवारी
२९. अधिवक्ता चन्द्रबहादर बस्नेत
३०. अधिवक्ता सरोजकमार गिरि
३१. अधिवक्ता शिव अर्याल
३२. अधिवक्ता श्रीधराकुमारी पुडासैनी
३३. अधिवक्ता तिलबहादर विधकर्मा
३४. अधिवक्ता पिकेप पन्थी
३५. अधिवक्ता ऋषिराम उपाध्याय
३६. अधिवक्ता गुरुभक्त निरौला
३७. अधिवक्ता प्रसादबहादुर खड्का
३८. अधिवक्ता मौसम राई
३९. अधिवक्ता हिमादेवी वस्नेत
४०. अधिवक्ता कौशिला राई
४१. अधिवक्ता रामकृष्ण पाण्डे
४२. अधिवक्ता नन्द कुमार राई
४३. अधिवक्ता राजकुमार कंडेल
४४. अधिवक्ता मनप्रसाद भट्टराई
४५. अधिवक्ता राम प्रसाद पौडेल
४६. अधिवक्ता ध्रुवप्रसाद चौलागाई
४७. अधिवक्ता सम्बल चौलागाई
४८. अधिवक्ता वालकृष्ण अधिकारी
४९. अधिवक्ता बिन्दु बिसुराल
५०. अधिवक्ता हरिप्रसाद तिमिल्सिना
५१. अधिवक्ता चेत बहादुर थापा
५२. अधिवक्ता निराजन महर्जन
५३. अधिवक्ता छविलाल घिमिरे
५४. अधिवक्ता भगवति पाण्डे
५५. अधिवक्ता सुदर्शन थपलिया
५६. अधिवक्ता रोसन घिमिरे
५७. अधिवक्ता शिव अर्याल
५८. अधिवक्ता सरस्वती सिग्देल
५९. अधिवक्ता डा।झमकप्रसाद शर्मा
६०. अधिवक्ता बलबहादुर राई
६१. अधिवक्ता शालिग्राम आचार्य
६२. अधिवक्ता विष्णुप्रसाद भण्डारी
६३. अधिवक्ता रमा श्रेष्ठ
६४. अधिवक्ता रविन्द्रकुमार ढुङ्गाना
६५. अधिवक्ता कृष्णकुमार आङ्देम्वे
६६. अधिवक्ता बाबुराम राई
६७. अधिवक्ता गोपाल प्रसाद भण्डारी
६८. अधिवक्ता निराज खड्का
६९. अधिवक्ता केदार प्रसाद कोइराला
७०. अधिवक्ता टिकावहादुर कुँवर
७१. अधिवक्ता भुपाल बस्नेत
७२. अधिवक्ता धनजिन बस्नेत
७३. अधिवक्ता सुरथ उप्रेती
७४. अधिवक्ता गुरुभक्त निरौला
७५. अधिवक्ता अपेक्षा निरौला
७६. अधिवक्ता भिमसेन बन्जारा
७७. अधिवक्ता लक्ष्मी सापकोटा
७८. अधिवक्ता ज्योतीराम फुयाल
७९. अधिवक्ता सुवासचन्द्र झा
८०. अधिवक्ता सीतासरण मण्डल
८१. अधिवक्ता श्रीकान्त वराल
८२. अधिवक्ता शान्तीदेवी खनाल

प्रतिक्रिया