ad ad

राजनीति


छलफलका लागि प्रचण्ड–नेपाल पक्षबाट ३ र ओली समूहबाट ७ नेता आज निर्वाचन आयोग जाँदै

छलफलका लागि प्रचण्ड–नेपाल पक्षबाट ३ र ओली समूहबाट ७ नेता आज निर्वाचन आयोग जाँदै

नेपालखबर
माघ १६, २०७७ शुक्रबार ५:१९,

नेकपाका दुवै पक्ष आज (शुक्रबार) निर्वाचन आयोग जाँदै छन्।

आयोगले हिजाे गरेकाे पत्राचारअनुसार दुवै पक्षका नेताहरु छलफलका लागि त्यहाँ जान लागेका हुन्। 

आयोगले निर्वाचनसँग सम्बन्धित विषयमा छलफल गर्न दुवै पक्षका ५/५ प्रतिनिधिलाई आज साढे ११ बजे कार्यालय उपस्थित हुन भनेको छ। 

आयोगले ५/५ जनालाई बोलाएको भए पनि प्रचण्ड-नेपाल पक्षबाट ३ तथा ओली समूहबाट भने ७ जना जाने तयारी गरेका छन्। 

जसअनुसार प्रचण्ड-नेपाल समूहबाट राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान निर्वाचन आयोग जाँदै छन्। 

अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल नै जाने तयारी भए पनि उनीहरु अहिले उपत्यकाभन्दा बाहिर रहेकाले ३ जना मात्र जान लागिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

उता ओली पक्षबाट भने महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङसहित ७ जना जाने तयारीमा छन्।

अन्यमा कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयाल, राष्ट्रियसभा सदस्य विमला राई पौडेल तथा कानुनविदहरु बाबुराम दाहाल र रमेश बडाल निर्वाचन आयोग जाँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .