राजनीति


फागुन १५ सम्ममा प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ : योगेश भट्टराई

फागुन १५ सम्ममा प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ : योगेश भट्टराई

नेपालखबर
माघ १५, २०७७ बिहिबार ११:३९,

प्रचण्–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमनत्री केपी शर्मा ओलीले गल्ती स्वीकार गरेमा अझै पनि एकता सम्भव भएको बताएका छन्।

 बिहीबार इलाममा सदरमुकाममा आयोजित एक कार्यक्रममा नेता भट्टराईले प्रधानमन्त्रीकै कारण पार्टीमा फुट आएको बताए।

नेता भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको भए पनि ओलीको कामजोरीका कारण विभाजनको दिशामा अगाडि बढेको बताए।

‘ठूलो प्रयत्नबाट एकता भएको थियो, प्रधानमन्त्रीले एकताको मूल्यबोध गर्नु भएन’, उनले भने, ‘उहाँले गल्ती स्वीकार गर्ने हो भने एकता सम्भव छ।’

पूर्वमन्त्री समेत रहेका भट्टराईले जनताको बहुदलीय जनमत (जबज)को मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाउँदै कानून मान्दा, लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने बताए।

संसद्मा पेश गरिएका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मतसमेत नराखी पारित गरिराखेकामा प्रधानमन्त्रीले पार्टीको असहयोग भन्नु गलत भएको भट्टराईले बताए।

सबै क्षेत्रबाट आन्दोलनमा लागे आगामी फागुन १५ सम्म प्रतिनिधिसभा पुनःस्थापित हुने भट्टराईले जिकिर गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad