जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दल तथा नेतालाई ओली प्रतिगमनको गम्भीरता बुझ्न हम्मे परिरहेको बताएका छन्।
हाम्रो देशमा दल सत्ता दोहनको भर्याङमा मात्र बनिरहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले यस्तो अवस्थामा सार्वजनिक बौद्धिक वर्गको सक्रियताको प्रशंसा गरेका छन्।
‘ओली प्रतिगमनको गम्भीरता बुझ्न राजनीतिक दल/नेतालाई हम्मे पर्नु विडम्बनापूर्ण छ। दल भनेकै समाजका अगुवा चेतनाका संगठित अभिव्यक्ति हुन्/हुनुपर्छ,’ डा. भट्टराईले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तर हामीकहाँ दल सत्तादोहनका भर्यांग मात्र बन्दैछन्। यस्तोमा सार्वजनिक बाैद्धिकहरूको सक्रियता प्रशंसनीय छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि असंवैधानिक र प्रतिगमनकारी कदम ठहर गर्दै ओली समूहबाहेक देशका सबै दल, संगठन, नागरिक समाज आन्दोलनरत छन्।

प्रतिक्रिया