प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका एक जना अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अमेरिकी राजदूत र्यान्डी बेरी आज (बुधबार) बिहान कोटेश्वर पुगेका छन्।
नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारीअनुसार राजदूत बेरी नेता नेपाललाई भेट्न कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका हुन्।
‘उहाँहरूबीच अहिले भेटवार्ता जारी छ,’ नेकपाको विदेश विभागका उपप्रमुखसमेत रहेका रिजालले नेपालखबरसँग भने, ‘बिहान ९ बजे भेटवार्ता सुरु भएको हो। कुराकानी जारी रहेकाले विषयवस्तु खुलिनसकेको उनको भनाइ छ।
प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन चलिरहेका बेला अमेरिकी राजदूत बेरी आन्दोलनरत पक्षकै नेता भेट्न पुगेका हुन्। उता अमेरिकामा पनि भर्खरै जाे बाइडेनले राष्ट्रपति पद सम्हालेका छन्।
यसअघि अमेरिकी राजदूत बेरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन्।
याे पनि : अमेरिकी राष्ट्रपतिको सन्देशसहित राष्ट्रपति भण्डारीलाई भेट्न पुगे राजदूत बेरी
Shares

प्रतिक्रिया