राजनीति


उपरथी हिरालाल जोशीलाई दर्ज्यानी चिन्ह प्रदान

उपरथी हिरालाल जोशीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालखबर
माघ १३, २०७७ मंगलबार १४:२९,

प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जामा बढुवा भएका सैनिक अधिकृत हिरालाल जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

जङ्गी अड्डामा मंगलबार आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उपरथी जोशीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

जोशी यही माघ ११ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए।

पदोन्नति भएका उपरथी जोशीलाई श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजको शिक्षाध्यक्षमा पदस्थापन गरिएको छ।

नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका १ जना महासेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad