केही दिनदेखि नेपालकाे माैसममा जारी पश्चिमी वायुकाे प्रभाव हटेकाे छ।
माैसम पूर्वानुमान महाशाखाले अघि (मंगलबार) साँझ ६ बजे जारी गरेकाे बुलेटिनअनुसार हाल देशमा कुनै उल्लेखनीय प्रणालीकाे प्रभाव छैन।
महाशाखाका अनुसार हाल प्रदेश १ का पहाडी भेगमा माैसम आंशिक बदली छ भने प्रदेश १ काे तराईमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। देशका बाँकी स्थानमा भने मौसम सामान्यतया सफा छ।
माैसमविद्का अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस्ताे छ :
माघ १३ गते (मंगलबार)
राती : प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशको भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १४ गते (बुधबार)
दिउँसो : प्रदेश न. १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भावना छ।
राती : प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १५ गते (बिहीबार)
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भावना छ।
राती : प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका भूभागमा बिहानीपख हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया