ad ad

राजनीति


विश्व कीर्तिमानी आरोही टोलीलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने : आरोहीलाई अवार्डसहित सम्मान गर्ने व्यवस्था गछौँ

विश्व कीर्तिमानी आरोही टोलीलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने : आरोहीलाई अवार्डसहित सम्मान गर्ने व्यवस्था गछौँ

नेपालखबर
माघ १३, २०७७ मंगलबार १०:४३,

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहण गर्न जाँदा सरकारलाई जानकारी गराए सहयोग गर्ने बताएका छन्।

मंगलबार विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटुको कीर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता भएका निर्मल पूर्जा लगायतका दश नेपाली आरोहीलाई बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सरकारले गच्छे अनुसारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले माउन्ट केटुको सफलतापूर्वक आरोहण गरेर देशको परिचय र गौरवलाई अझ माथि उठाएको बताए।

Image may contain: 1 person

प्रधानमन्त्री ओलीले आगामी दिनमा हिमालको आरोहण गर्ने आरोहीहरुलाई सरकारको तर्फबाट अवार्ड दिने पनि बताए। आरोहीलाई अवार्डसहित सम्मान गर्ने व्यवस्था गर्ने उनको भनाइ छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले साहसिक युवाहरुको साहसिक कदमको आगामी दिनमा राज्य बेखबर नहुने बताए। वर्तमानसँगै पछिल्लो पुस्तालाई संरक्षण गर्नमा राज्यको ध्यान जाने उनको भनाइ छ।

Image may contain: 1 person, standing

माउन्ट केटु का आरोही निर्मल पूर्जाले सबै एकताबद्ध भई हिमाल आरोहण गर्दा केही गर्न सकिने रहेछ भन्ने सन्देश दिएको बताए। माउन्ट केटु आरोहण गरी नेपालको नाम विश्वसामु राखेको उनको भनाइ छ।

१० जनाको समूहको नेपाली आरोहीले माघ ३ गते माउन्ट केटु हिमालको सफल आरोहण गरेको थियो। आरोही टोली मंगलबार नेपाल फर्किएको हो।

Image may contain: one or more people, people sitting and indoor

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .