राजनीति


रूपन्देहीमा ओली समूहले बनायो जिल्ला अधिवेशन आयोजक कमिटी

रूपन्देहीमा ओली समूहले बनायो जिल्ला अधिवेशन आयोजक कमिटी

नेपालखबर
माघ १२, २०७७ सोमबार ४:५,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहले रूपन्देहीमा ४९९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी बनाएको छ।

नेकपा आली समूहको रूपन्देही जिल्ला कमिटीको चौथो पूर्ण बैठकले अधिवेशन आयोजक कमिटी गठन गर्दै माघभित्र जिल्ला, क्षेत्र, पालिका र वडास्तरसमै संगठन गठन/पुनर्गठन तथा विस्तार गर्ने निर्णय गरेको हो।

बुटवलस्थित पुष्पलाल स्मृति भवनमा आइतबार बसेको बैठकले फागुनमा जिल्ला, क्षेत्र र पालिकास्तरमा सभा गर्ने निर्णय पनि गरेको छ।

साथै बैठकले निर्वाचन आयोगले माघ १५ गते प्रकाशन गर्ने मतदाता नामावली हेरी १६, १७ र १८ मा नाम सच्याउन सम्पूर्ण पार्टी कमिटीलाई ध्यान पुर्‍याउन आग्रह गरेको छ। 

nekapru

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad