कोरोनाविरुद्ध खोप लगाएकाले पनि अरूलाई संक्रमण सार्न सक्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउन नछाड्न इङ्ग्ल्यान्डका एक वरिष्ठ स्वास्थ्य अधिकारीले सुझाव दिएका छन्।
डेपुटी चिफ मेडिकल अफिसर पनि रहेका प्राध्यापक जोनाथन भ्यान टामले आइतबार टेलिग्राफ पत्रिकामा लेखेका छन्, ‘कुनै पनि खोप शतप्रतिशत प्रभावकारी देखिएको छैन। त्यसैले सुरक्षा हुन्छ नै भन्ने छैन।’
उनका अनुसार खोप लगाएको दुईदेखि तीन हप्तासम्म भाइरसबाट संक्रमित हुन सक्ने सम्भावना रहन्छ।
‘खोपको दुवै मात्रा लिइसकेको अवस्थामा समेत तपाईबाट अरूलाई कोरोना सर्न सक्छ,’ प्राध्यापक भ्यान टामले भनेका छन्।

प्रतिक्रिया