चीनले आफ्ना तटवर्ती सेना (नौसेना) लाई विदेशी जहाजमा गोली हान्ने अधिकार दिने विवादास्पद कानुन ल्याएको छ।
प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा रहेका नौसेनालाई गोली हान्न माथिल्लो तहको आदेश कुर्नु नपर्ने गरी चीन सरकारले अधिकार दिएको हो।
आधिकारिक न्युज एजेन्सी सिन्ह्वाले शनिबार लेखेको छ– ‘राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र समुद्री अधिकारको रक्षा गर्नु कानुनको उद्देश्य हो।’ कानुन फेब्रुअरी १ देखि लागू हुने समाचारमा उल्लेख छ।
याे कानुनसँगै अब चिनियाँ तटरक्षकले आवश्यक सबै उपाय अपनाउन सक्ने अधिकार प्राप्त गरेका छन्।
ब्लुमबर्गका अनुसार विदेशी जहाजमा गाेली हान्ने पाउने अधिकारलाई सबैभन्दा संवेदनशील रूपमा लिइएकाे छ।
दक्षिण चीन सागरलगायत कैयन् क्षेत्रमा अमेरिका र क्षेत्रीय प्रतिस्पर्धीसँग अहिले चीनको टक्कर परिरहेको छ।
चीनको पछिल्लो कदमले युद्धको स्थिति निम्त्याउने आशंका गरिएको छ।

प्रतिक्रिया