राजनीति


गलत मार्गचित्रका कारण मुलुक संंकटमा पर्‍यो : थापा

गलत मार्गचित्रका कारण मुलुक संंकटमा पर्‍यो : थापा

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ११:३९,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अवलम्वन गरिएको त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन्।

आज मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले कांग्रेस र कम्युनिस्ले लिएको गलत बाटोले मुलुकलाई अधोगतितर्फ लगेकोले अब राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नुपर्ने बताए।

गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै थापाले धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताए। राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहेको निरंकुशताको पक्षमा नभएको स्पष्ट पार्दै उनले अभिभावकको भूमिकामा मात्र राजसंस्था रहने बताए।

फरक विचारसहितको राष्ट्रवादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुलुक बनाउन र बचाउन राप्रपा बलियो हुनेपर्ने विचार व्यक्त गरे।

भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र बेरोजगारी अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले मुलुकलाई निकास दिन सबै शक्ति र विचार अट्ने राज्य प्रणाली आवश्यक भएको बताए।

कार्यक्रममा बोल्दै राप्रपा नेता मधु अधिकारिले कांग्रेस कम्युनिस्ट असफल भएको, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण राज्यबाटै भएको भन्दै राज्य व्यवस्था परिवर्तन नगरी नयाँ आशा दिन नसकिने दाबी गरे।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए। कार्यक्रममा रामहरी न्यौपाने, खिल चौलागाईं, गुरु सापकोटा, कृष्ण बिडारी, उमाकान्त गौतम, जयराम तिमल्सिना लगायतले बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad