ad ad

राजनीति


सुत्केरीलाई कोरोना संक्रमितसँगै राखिएको भिडियो सार्वजनिक भएपछि मंगोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

सुत्केरीलाई कोरोना संक्रमितसँगै राखिएको भिडियो सार्वजनिक भएपछि मंगोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ०:३,

मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन्।

एक सुत्केरी र उनको शिशुको उपचारमा लापर्वाही भएको भन्दै आन्दोलन भएपछि उख्नाले बिहीबार पदबाट राजीनामा दिएका हुन्।

उनको राजीनामा बिहीबार बेलुका नै संसदले पारित गरेको छ । संसदमा रहेका ७६ सांसद मध्ये ९५ प्रतिशतले प्रधानमन्त्रीको राजीनामाको पक्षमा मतदान गरेका छन्।

कोरोनाभाइरस आफ्नो देशमा भित्रिन नदिन मङ्गोलियाले गत बर्षदेखि नै नाकाबन्दी लगायतका उच्च सतर्कताका उपायहरू अपनाएको थियो। त्यहाँ गत नोभेम्बरमा पहिलो आन्तरिक सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि फेरि प्रतिवन्धात्मक व्यवस्थाहरूलाई थप कडा बनाइएको थियो।

कडाइ गर्दा गर्दै पनि एउटा अस्पतालमा सुत्केरी र नवजात शिशुसँग कोरोनाभाइरसबाट सङ्क्रमितलाई राखेको भिडियो सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो । विरोधसँगै आन्दोलन चर्किएपछि गल्ती भएको भन्दै सरकारको तर्फबाट प्रहरी अधिकारीहरूले माफी माग्दा पनि आन्दोलन रोकिएन।

आन्दोलनकारीहरूले सरकारी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए । सरकारी अधिकारीले गम्भीर कमी कमजोरी र लापर्वाही गरेको आन्दोलनकारीको आरोप छ।

आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री उख्नाले पनि दुःख व्यक्त गर्दै क्षमा याचना गरेका थिए। ‘प्रधानमन्त्री भएकाले यो घटनाको जिम्मेबारी म लिन्छ,’ उनले भनेका थिए, ‘दुर्भाग्यवस ती आमा र शिशुलाई व्यवस्थापनमा केही कमजोरी भएकै हो, त्यो दृश्य हृदयविधारक नै छ। त्यसमा सरकारको तर्फबाट गल्ती महसुस गर्दै क्षमा याचना गर्न चाहन्छौँ।’

प्रधानमन्त्रीको विरुद्धमा बुधबार पाँच हजार युवा प्रदर्शनकारीहरूले राजधानीमा प्रदर्शन गरेका थिए । उनीहरूले प्रदर्शन गरेको व्यानरमा प्रधानमन्त्रीको राजीनामा पनि मागिएको थियो।

राष्ट्रिय विपद् आयोगको नेतृत्व गरेका उपप्रधानमन्त्री र विभागीय जिम्मेबारीमा रहेका स्वास्थ्यमन्त्रीले भने प्रत्यक्ष जिम्मेबारी भएकाले आन्दोलनकारीको दवावकै कारण यसअघिनै राजीनामा दिइसेका थिए।

त्यसैगरी लापर्वाही भएको अस्पतालका प्रमुखलगायत अस्पतालका अन्य जिम्मेबार व्यक्तिहरूले पनि राजीनामा दिएका छन्।

झण्डै एक दशक लामो कम्युनिष्ट शासनपछि सङ्क्रमणमा फसेको मध्य एसियाली लोकतान्त्रीक मुलुक मंगोलियामा नयाँ संविधान जारी भएपछि पनि राजनीतिक स्थायीत्व हुन सकेको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .