भारतको कर्नाटकस्थित शिवमोगा जिल्लामा विस्फोटक पदार्थ बोक्ने एक ट्रकमा विस्फोट भएको छ।
त्यहाँकाे प्रहरीका अनुसार अहिलेसम्म घटनामा ८ जनाको मृत्यु भएको पुष्टि भएकाे छ।
घटना राति साढे १० बजेतिर भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अन्य पनि धेरै जना हताहती भएकाे आशंका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। जसले गर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
विस्फोट यति ठूलो भएको थियो कि निकै परसम्म भूकम्प गएझैं कम्पन महसुस भएको थियो। वरपरका घरका सिसाका झ्यालसमेत फुटेका छन्।
ढुंगा खानीनजिक र त्यही खानीमा प्रयोग गर्ने विस्फोटक पदार्थ बोकेको ट्रक विस्फोट भएको बताइएको छ।
प्रतिक्रिया