राजनीति


प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति पनि सहयोगी हुनुभयो : नेपाल

प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति पनि सहयोगी हुनुभयो : नेपाल

नेपालखबर
माघ ४, २०७७ आइतबार ११:४६,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा विघटनबाट संविधान र जनमतको अपमान भएको विचार व्यक्त गरेका छन्।

बर्दियाको गुलरियामा आइतबार आयोजित बृहत् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको आरोप लगाएका हुन्,।

नेपालमा पटक– पटक विघटनको विकृति रोक्नका लागि नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था राखिएको जिकिर गरे।

नेकपा (नेकपा) बर्दियाका अध्यक्ष भुवनकुमार थारुको अध्यक्षतामा जिल्लास्तरीय सम्पन्न अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, पार्टी स्थायी कमिटी सदस्य वर्षमान पुन, लुम्बिनी प्रदेश पार्टी इञ्चार्ज युवराज ज्ञवाली, पार्टी लुम्बिनी प्रदेशका पार्टी अध्यक्ष ओनसरी घर्तीलगायतले प्रशिक्षण दिएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad