राजनीति


हामीले सरकार ५ वर्ष चल्छ भनेकै हौँ : सुवास नेम्वाङ

हामीले सरकार ५ वर्ष चल्छ भनेकै हौँ : सुवास नेम्वाङ

नेपालखबर
माघ ३, २०७७ शनिबार ८:५३,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता सुवास नेम्वाङले राजनीतिक स्थिरताका लागि सरकार ५ वर्ष चल्नुपर्नेमा त्यसो हुन नसकेको बताएका छन्।

शनिबार काठमाडौँमा उपलब्ध प्रदेश १ का कार्यकर्ता भेलामा बोल्दै तत्कालीन संविधान सभाका अध्यक्ष समेत रहेका नेम्वाङले राजनीतिक स्थायित्वका लागि सरकार ५ वर्ष चल्नुपर्ने बताएका हुन्।

निर्वाचनका बेला जनतामा जाँदा आफूहरुले सरकार ५ वर्ष चल्ने विश्वास दिलाएकाे उनकाे भनाइ थियाे।

उनले जनताले राजनीतिक अस्थिरता अन्त गरी राजनीतिक स्थिरिता कामय गर्न माग गरेको र आफूहले सरकार ५ वर्ष चल्ने र राजनीतिक स्थायित्वका लागि भनेर मत मागेको बताए।

‘हामीले भन्यौ- यो अस्थिरतालाई समाप्त गर्छौँ, ५ वर्ष चल्ने सरकार ल्याउछौँ, सरकार ५ वर्ष चलेर जनताको सेवा गर्छ, तपाईंहरु मत हालेर पठाउनुहोस भनेर हामीले भनेका हाैंँ’, उनले भने।

जनताले केपी ओलीको आह्वानमा उनलाई नै प्रधानमन्त्री मानेर निर्वाचनमा जिताएर पठाएको दावी गरे। उनले यो कुरालाई स्वीकार गर्न समेत आग्रह गरे।

उनले सरकारले जनताको पक्षमा काम गर्दा केही तत्वलाई पाच्य नभएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad