पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सरकारविरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गराएको विरोधमा प्रचण्ड-नेपाल समूहले यही माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको हो।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा शुक्रबार बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले यसअघि काठमाडौंमा माघ २३ विरोध प्रदर्शन मिति राखिएकामा त्यसलाई १६ गते सारेको हो।
याे पनि : प्रचण्ड-नेपाल समूहको प्रदेश १ को अध्यक्षमा घनेन्द्र बस्नेत

प्रतिक्रिया