राजनीति


उत्तर कोरियाद्वारा ‘विश्वकै शक्तिशाली हतियार’ अनावरण

उत्तर कोरियाद्वारा ‘विश्वकै शक्तिशाली हतियार’ अनावरण

नेपालखबर
माघ २, २०७७ शुक्रबार १६:४१,

उत्तर कोरियाले एक नयाँ किसिमको ब्यालेस्टिक मिसाइल अनावरण गरेको छ। जसलाई त्यहाँको सरकारी सञ्चारमाध्यमले ‘विश्वकै शक्तिशाली हतियार’ भनेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनले एक परेडका अवसरमा  ब्यालेस्टिक मिसाइलको अनावरण गरेका हुन्। जुन पनडुब्बीबाट पनि प्रक्षेपण गर्न सकिन्छ।

उत्तर कोरियाले यो शक्ति प्रदर्शन त्यतिबेला गरेको छ, जतिबेला अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गर्न ५ दिन मात्र बाँकी छ।

खबरअनुसार परेडपछि राजनीतिक बैठक पनि भएको थियो जसमा किमले अमेरिकालाई ‘देशको सबैभन्दा ठूलो शत्रु’ भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad