कारोबार


काठमाडौँ-ढाका बस तथा विराटनगर-बंगलादेश हवाई सेवा चाँडै सुरु गरिने

काठमाडौँ-ढाका बस तथा विराटनगर-बंगलादेश हवाई सेवा चाँडै सुरु गरिने

नेपालखबर
माघ २, २०७७ शुक्रबार १६:६,

बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले दुई देशबीच कूटनीतिक, जनताजनताबीचको सम्बन्ध, शिक्षा, स्वास्थ्य, व्यापार, यातायात (हवाई सडक) सम्बन्ध बढाउने काम भइरहेको बताएका छन्।

नेपाल बंगलादेश मैत्री संघको आयोजनामा नेपाल बंगलादेश सम्बन्ध र व्यापार विषयमा भएको भर्चुअल मिटिङमा उनले काठमाडौँ– ढाका बस सेवा तथा विराटनगर–बंगलादेश हवाई सेवा चाँडै सुरु गरिने जानकारी दिए

बंगलादेशका प्रा. शेख महमुन्द एलोनले शिक्षा र स्वास्थ्यको विकासमा दुवै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। डा जहरुल इस्लामले नेपाली विद्यार्थी मेहनती र इमान्दार रहेको जनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपाललाई लगानी बढाउन सुझाव दिए।

प्राडा अब्दुस सत्तरले दुई देशले भारतसँगको पनि सम्बन्ध अघि बढाएमा यातायात, कृषि, ढुवानी, वातावरणलगायत विषयमा सहज हुने विश्वास व्यक्त गरे। डा. इफ्तेखारुल हकले दुवै देशबीचको सम्बन्ध विकास व्यावहारिक रुपमा हुनुपर्ने बताए। डा. के शेल्लीले महिला अधिकार र गरीबी उन्मूलनमा दुवै देशले सहकार्य गर्नुपर्नेमा जोड दिए।

मैत्री संघका अध्यक्ष दीनदया रिजाल र संघका बंगलादेश च्याप्टरका संयोजक इम्दादुल तैय्यव हकले सरकार, कूटनीतिक र जनता जनताबीचको सम्बन्ध, पर्यटन अभिवृद्धि तथा साहित्य, कला र संस्कृतिको विकासमा दुवै देशबीच आदानप्रदान गर्नुपर्ने सुझाव दिए।

संघका सल्लाहकार धर्मराज बरालले एकअर्काले आआफ्ना धर्म, कला र संस्कृतिको सम्मान गर्नुपर्ने विचार व्यक्त गरे। बिहीबार साँझ भएको बैठकमा साहित्यकार तथा समाजसेवी भक्तराज रञ्जितले साहित्य एवं कलाको आदानप्रदान गर्दै दुवै देशका जनता जागृत भई लाग्नुपर्ने धारणा राखे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad