नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघ ३ गते शनिबार ७५३ स्थानीय तहमा हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन र प्रदर्शनलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।
शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै सभापति देउवाले विरोध प्रदर्शनमा सहभागी भएर प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका हुन्।
प्रतिनिधि सभा विघटवविरुद्ध एक्लै आन्दोलनमा उत्रिएको कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ।
‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं। संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ’, उनले भने, ‘पार्टीको सबै तहका साथीहरू संगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु।’

प्रतिक्रिया