राजनीति


लोकतन्त्रवादीलाई जेल पठाउन बहस गर्नेहरु प्रधानमन्त्रीको पक्षमा : योगेश भट्टराई

लोकतन्त्रवादीलाई जेल पठाउन बहस गर्नेहरु प्रधानमन्त्रीको पक्षमा : योगेश भट्टराई

नेपालखबर
माघ १, २०७७ बिहिबार ६:१२,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री योगेश भट्टराईले लोकतन्त्रवादीलाई जेल पठाउन बहस गर्ने वकिलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहस गरिरहेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै लोकतन्त्रका विरुद्ध र लोकतन्त्रवादीहरुलाई जेल पठाउन बहस गर्नेहरु असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको पक्षमा बहस गरिरहेको बताएका हुन्।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाई जारी छ। उक्त रिटको विपक्षमा अर्थात प्रधानमन्त्री ओलीका पक्षमा वकिलहरु सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने, विष्णु भट्टराई, सुशील पन्त लगायतले बहस गरिरहेका छन्।

उनले लोकतन्त्रको पक्षमा र आन्दोलनकारी नेता-कार्यकर्तालाई जेलबाट छुटाउनका लागि बहस गर्ने वकिलहरु भने प्रधानमन्त्री ओलीको विपक्षमा बहस गरिरहेको बताएका छन्। उनले बहस गर्ने वकिललाई लिएर देशमा के हुँदैछ भनेर प्रश्नसमेत गरेका छन्।

रिटको पक्षमा शुम्भु थापा, कृष्णप्रसाद भण्डारी, रमणकुमार श्रेष्ठ, दिनेश त्रिपाठी लगायतका वविलहरुले बहस गरिहेका छन्।

‘हिजो लोकतन्त्रका विरुद्ध र लोकतन्त्रवादीहरुलाई जेल पठाउन बहस गर्ने वकिलहरु आज प्रधानमन्त्रीका पक्षमा बहस गर्दैछन्। अर्कातिर हिजोदेखि आजसम्म लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता र कार्यकर्तालाई जेलबाट छुटाउन बहस गर्ने वकिलजति सबै आज प्रधानमन्त्रीको कदमका विपक्षमा ! देशमा के हुँदैछ?’, ट्विटरमा नेता भट्टराईले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad