राजनीति


यही जनवरी २० देखि राष्ट्रपतिबाट स्वतः हट्ने ट्रम्पविरुद्ध महाभियोग किन?

यही जनवरी २० देखि राष्ट्रपतिबाट स्वतः हट्ने ट्रम्पविरुद्ध महाभियोग किन?

नेपालखबर
माघ १, २०७७ बिहिबार ४:३८,

अमेरिकाको संसद् भवन (क्यापिटल बिल्डिङ) मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक हमला गरेयता उनको पार्टी रिपब्लिकन ट्रम्प-समर्थक र विरोधी दुई खेमामा विभाजन भएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार नयाँ सर्वेक्षणले यो घटनाले पार्टीलाई क्षति पुग्ने देखाएको छ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा आफ्नै पार्टी रिपब्लिकनकै १० सांसदले ट्रम्पविरुद्धको महाभियोग प्रस्तावका पक्षमा मतदान गरे। जुन प्रस्ताव पारित भएर अब माथिल्लो सदन सिनेटमा पेस हुँदै छ।

              याे पनि : अमेरिकाका राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

जसमा राष्ट्रपति ट्रम्पविरुद्ध के आरोप छ भने उनको भाषणकै उक्साहटले यही जनवरी ६ मा संसद् भवनमा आक्रमण गरिएको हो। आक्रमण त्यतिबेला भयो जतिबेला अमेरिकी कंग्रेसको बैठकमा नवनिर्वाचित राष्ट्रपपति जो बाइडेनको जितलाई औपचारिक पुष्टि गर्ने प्रक्रिया चलिरहेको थियो।

बाइडेनको पार्टी डेमोक्रेटिक सांसदको बहुमत रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्समा ट्रम्पविरुद्धको महाभियोग २३२ मतले पारित भइसकेको छ। जसका विपक्षमा १९७ रिपब्लिकन सांसदले मात्र मत दिएका थिए।

राष्ट्रपति ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोग त्यस्तो बेला लगाइएको छ, जतिबेला उनी राष्ट्रपति पदबाट स्वत: बाहिरिन अब एक हप्ता पनि बाँकी छैन। अर्थात् उनी यही जनवरी २० तारिखदेखि पदमुक्त हुँदै छन्।  किनकि त्यस दिनदेखि नवनिर्वाचित राष्ट्रपति बाइडेनले सत्ता सम्हाल्दै छन्।

माथिल्लो सदन सिनेटमा रिपब्लिकन नेता मिच म्याकोनेलले तत्काल महाभियोग सुनुवाइमा लाने प्रस्ताव खारेज गरिदिएका छन्। किनकि ट्रम्पले कार्यालय छाड्नुअघि महाभियोग प्रक्रिया पूरा हुने सम्भावना नरहेको उनको भनाइ छ।

तर ट्रम्प ह्वाइट हाउसबाट बिदा भए पनि सिनेटले महाभियोगमा दोषी ठहर गरेका खण्डमा उनलाई फेरि चुनाव लड्न नपाउने गरी प्रतिबन्ध पनि लाग्न सक्छ। सिनेटमा यस विषयमा पनि मतदान हुन सक्छ कि ट्रम्प अब कहिले राष्ट्रपति हुन नपाउन्। किनकि ट्रम्पले संकेत गरिसकेका छन्- उनी सन् २०२४ मा फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालमा सिनेटमा महाभियोग प्रक्रिया र संसद्का काम दुवै सँगसँगै अगाडि बढाउनुपर्ने बताएका छन्। महाभियोगका कारण कारण संसद्का काम कारबाही नरोकियुन् भन्नेमा विचार गर्नुपर्ने उनको भनाइ छ।

उनका अनुसार आफू सत्तामा आएपछि पनि ट्रम्पविरुद्धको महाभियोग प्रक्रिया जारी रहन सक्नेछ। बीबीसीबाट भावानुवाद

याे पनि : ट्रम्पविरुद्ध पारित महाभियोग प्रस्तावमा हस्ताक्षर गर्दै संसद् अध्यक्ष पेलोसीले भनिन् : कानुनभन्दा माथि कोही छैन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad