चीनमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ।
गत वर्ष पहिलोपटक चीनको हुबेई प्रान्तको बुहानमा कोरोना संक्रमण देखिएको थियो। चीनले सुरुमै त्यसलाई नियन्त्रणमा लिएको भए पनि यतिबेला पूरै विश्व नै यसको चपेटामा छ।
कोरोना संक्रमणले विश्व नै आक्रान्त भइरहँदा चीनमा फेरि यसको संक्रमण बढ्न थालेको समाचार संस्था एएफपीले जनाएको छ।
चीनमा आठ महिनापछि पहिलो पटक बुधबार कोरोनाभाइरसका कारण एक जनाको मृत्यु भएको छ। राजधानी बेइजिङसँग जोडिएको हुबेईमा एक संक्रमितको मृत्यु भएको हो। एकैदिन त्यहाँ १ सय ३८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिन नदिन प्रान्तिय सरकारले हुबेईमा लकडाउनसमेत घोषणा गरेको छ।
चीनमा अहिलेसम्म ८७ हजार सात सय मानिसलाई कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ६ सय भन्दा धेरैको कोरोनाबाट मृत्यु भएको छ।

प्रतिक्रिया