राजनीति


जीन्युजका सम्पादकले भने– सगरमाथा नेपालकै हो, भारतले ‘माउन्ट सिकन्दर’ भन्नुपर्छ

जीन्युजका सम्पादकले भने– सगरमाथा नेपालकै हो, भारतले ‘माउन्ट सिकन्दर’ भन्नुपर्छ

नेपालखबर
पुस २९, २०७७ बुधबार १८:१९,

भारतीय टेलिभिजन च्यानल जीन्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाको सावैभौमिकतामाथि भारतले दाबी नगरेको भन्दै भारतले भने ‘माउन्ट सिकन्दर’ भन्नु पर्ने दाबी गरेका छन्।

प्रधानमन्त्री केपी ओलीसँग अन्तर्वार्ता लिन काठमार्डौं निम्ताइएका चौधरीले आइतबार बिना अनुमति हेलिकोप्टरबाट सगरमाथाको आधार शीवीर काला पत्थ्थर पुगेर सगरमाथाको नाम परिवर्तन गर्नु पर्ने र जीन्युजले त्यो अभियान सुरु गरेको बताएका थिए।

भारतको संस्थापन निकट मानिने र नेपालबारे बारम्बार विवादास्पद प्रस्तुति दिँदै आएको टेलिभिजनले सगरमाथामाथि भारतको दाबी पेश गरेपछि काठमाडौंमा बुधबार त्यसको दिनभर विरोध भएको थियो।

बुधबार साँझ आफ्नो नियमित कार्यक्रममा चौधरीले आफ्नो अभिव्यक्ति सगरमाथाको सार्वभौमिकतामाथि भारतले दाबी गर्नु पर्छ भन्ने नरहेको बरु माउन्ट एभरेस्टको ठाउँमा यसको सुरुको उचाई मापन गर्ने भारतीय गणितज्ञ राधानाथ सिकदरको नामबाट नामाकरण गरिनु पर्ने रहेको स्पष्टिकरण दिएका हुन्।

चौधरीले आफ्ना दर्शक समेत रहेका नेपालीको भावनामा ठेस पुर्‍याउने उद्देश्य नरहेको भन्दै आफ्नो अभिव्यक्तिले नेपाल र भारतका नागरिकबीचको सम्बन्धमा असर नपुग्ने दाबी गरे।

‘माउन्ट एभरेस्ट नेपाल र तिब्बतको बीचमा छ र यहीँ नै रहन्छ, यसलाई कसैले खोस्न सक्दैन, यसको नाम चाहिँ परिवर्तन हुनुपर्छ’, चौधरीले भने, ‘चुनाव हुन्छ र सरकार आउँछन् जान्छन्, तर भारत र नेपालबीचको सम्बन्धमा हार्दिकता हुनुपर्छ।’

भारत सन् १९४७ मा स्वतन्त्र भएपनि माउन्ट एभरेस्ट अहिलेसम्म अँग्रेजको ‘गुलाम’ नै रहेको उनले दाबी गरे।

‘हामीले एउटा अभियान सुरु गरेका छौं, जसले माउन्ट एभरेस्टलाई अँग्रेजबाट मुक्त गराउने छ’, चौधरीले भने, ‘हामीले सगरमाथाको उचाइ मापन गर्ने भारतीय गणितज्ञ राधानाथ सिकदरलाई श्रेय फर्काउन खोजेका हौं, जसमा नेपालको अवरोध छैन। भारतले माउन्ट एभरेस्ट नभनेर माउन्ट सिकदर नामले जान्नुपर्छ भन्ने हाम्रो अभियान हो।’

चौधरीले भने, ‘माउन्ट एभरेस्टबाट नाम परिवर्तन भएर माउन्ट सिकदर हुनु भनेको यसमा भारतको कब्जा हुन्छ भन्ने होइन। यसबाट त्यो गल्ती सुधार्न मात्रै खोजिएको हो, जुन गल्ती बेलायतले आफ्नो शासनकालमा जाने बुझेर अंग्रेजी नाम राखेर गरे।’

आइतबार चौधरीले अनधिकृत रुपमा कालापत्थ्थरमा पुगेर सगरमाथाबारे रिपोर्ट बनाएका थिए।

माउन्ट एभरेस्टको नाम परिवर्तन गर्न चीन, नेपाल र संयुक्त राष्ट्रसंघ अन्तर्गतको युनेस्कोसँग अनुमति लिनु पर्ने भन्दै चौधरीले त्यसका लागि भारत सरकारले कुटनीतिक पहल लिनु पर्ने बताए।

 भिडियोः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad