पार्टी विभाजनसँगै नेकपाका दुवै समूह भेला, प्रशिक्षण, सभा र सम्मेलनमा व्यस्त हुन थालेका छन्।
पार्टी विभाजनअघि बालुवाटारबाट बाहिर ननिस्कने प्रधानमन्त्री केपी शर्मा ओली अहिले दैनिकजसो बालुवाटार बाहिरका कार्यक्रममा व्यस्त छन्।
विभाजनपछि शुक्रबार पहिलोपल्ट प्रधानमन्त्री ओली उपत्यका बाहिर सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्न पुगे।
शनिबार सो समूहको युवा भेला काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
युवा संघका संयोजक रमेश पौडेलले भेलाअघि नयाँ बानेश्वरबाट भद्रकाली, जमल हुँदै प्रज्ञा प्रतिष्ठानको भवनसम्म ¥याली निकालिने जानकारी दिए।
विभाजनपछि प्रचण्ड–नेपाल समूहले भने प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोधमा सडक संघर्ष र भेला, प्रशिक्षण, सभा सम्मेलन जस्ता कार्यक्रमलाई एकसाथ अगाडि बढाएको छ।
शनिबार प्रचण्ड नेपाल समूहले सम्पर्क समन्वय कमिटीको आयोजनामा चावहिलस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा भेला तथा प्रशिक्षण कार्यक्रम आयोजन गरेको छ।
भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एक नेताले जनाकारी दिए।
अध्यक्ष प्रचण्ड भारतबाट आजै फर्कंने कार्यक्रम रहेको पनि उनले जानकारी दिए।
Shares

प्रतिक्रिया