राजनीति


‘तत्काल राजीनामा नदिए ट्रम्पमाथि महाअभियोग’

‘तत्काल राजीनामा नदिए ट्रम्पमाथि महाअभियोग’

नेपालखबर
पुस २५, २०७७ शनिबार ६:३७,

डेमोक्रेटिक पार्टीले ट्रम्पमाथि महाअभियोग प्रस्ताव तयार गरिरहेको र महाअभियोग प्रस्ताव संसदमा पेश हुन अगाडि नै ट्रम्पले राजीनामा गर्नुपर्ने उनको भनाइ छ।

ट्रम्पका समर्थकले संसदमा घुसेर आक्रमण गरेपछि उक्त कार्य लोकतन्त्र र देशको हित विपरित भएको भन्दै यतिबेला ट्रम्पको चौतर्फी आलोचना भइरहेको छ।

बुधबारको सो घटनामा पाँच जनाको ज्यान गएको थियो।

ट्रम्पले हालसम्म पनि चुनावमा धाँधली भएको आफ्नो अडान फिर्ता लिएका छैनन्। ट्रम्पले बरु आफू जनवरी २० मा हुने नयाँ राष्ट्रपतिको शपथग्रहण कार्यक्रममा उपस्थित नहुने घोषणा गरिसकेका छन्।

यसबीचमा पेलोसीले ट्रम्पले तत्काल राजीनामा दिनुपर्ने बताएकी हुन्। यदी राजीनामा नदिए ट्रम्पमाथि महाअभियोग प्रस्ताव अगाडि बढाइनेछ। एक कार्यकालमा ट्रम्पविरुद्ध दुईपटक महाअभियोग प्रस्ताव पेश हुन लागेको हो।

सन् २०१९ मा पनि उनीमाथि महाअभियोग लागेको थियो। तल्लो सदनले ट्रम्पविरुद्ध महाअभियोग पारित गरेको थियो। तर सिनेटमा भने उक्त प्रस्ताव पारित भएको थिएन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad