राजनीति


प्रधानमन्त्री ओली धनगढी आइपुगे, स्वागतका लागि गएनन् मुख्यमन्त्री भट्ट

प्रधानमन्त्री ओली धनगढी आइपुगे, स्वागतका लागि गएनन् मुख्यमन्त्री भट्ट

नेपालखबर
पुस २४, २०७७ शुक्रबार ७:२३,

कैलालीमा आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली आइपुगेका छन्।

प्रधानमन्त्री ओली श्री एयरलाइन्सको हवाई जहाजबाट धनगढी आइपुगेका हुन्।

प्रधानमन्त्री ओली आफू नेतृत्वको नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन्। पार्टी विभाजनपछि उनी पहिलोपटक उपत्यकाबाहिर गएका हुन्।

प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थल गएनन्।

मुख्यमन्त्रीका स्वकीय सचिव शिवसेन ओलीले मुख्यमन्त्री आन्तरिक बैठक र छलफलमा व्यस्त भएका कारण प्रधानमन्त्रीको स्वागतका लागि नगएको बताए।

‘मुख्यमन्त्री आन्तरिक बैठक तथा छलफलहरु व्यस्त हुनुहुन्छ’, ओलीले नेपालखबरसँग भने, ‘उहाँ अफिसमै हुनुहुन्छ, स्वागतका लागि जानुभएन।’

मुख्यमन्त्री भट्ट प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा छन्। प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताउँदै सडक संघर्ष सुरु गरेको छ।

पार्टीले प्रधानमन्त्रीको कदमविरुद्ध संघर्ष सुरु गरेका कारण मुख्यमन्त्री भट्ट स्वागतका लागि विमानस्थल नगएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad